राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छनः योगेश भट्टराई

२०८२ असार २८ शनिवार
सारांश
  • शनिबार सोम प्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पूर्नगठन हरेक राजनीतिज्ञ दलहरुको चुनौतीको रुपमा रहेको भन्दै पूर्नगठन हुन नसकेको पार्टी विलय हुने बताएका हुन् ।

काठमाडौं : नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले राजनीतिक पार्टीहरु सैद्धान्तिक र वैचारिकरुपमा पूर्नगठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन् ।


शनिबार सोम प्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पूर्नगठन हरेक राजनीतिज्ञ दलहरुको चुनौतीको रुपमा रहेको भन्दै पूर्नगठन हुन नसकेको पार्टी विलय हुने बताएका हुन् । 


उनले भने, ‘हरेक कुराको गठन र पुर्नगठन हुन्छ, हरेक क्षण पुर्नगठन भईरहन्छ जून पूर्नगठन हुदैन त्यसको मृत्यु हुन्छ । हरेक राजनीतिज्ञ दललाई चुनौती छ । जसले आफूलाई पूर्नगठित गर्दैन उसले मृत्यु अवश्य छ । पुस्तकमा भने जस्तो धेरै देशहरुमा कति पार्टी आए कति गए, आज पनि केही  देशहरु वाहेक राजनीतिक स्थाइत्व छैन ।’ 


उनले राजनीतिक दलहरु कहिले पनि पाको नहुने भन्दै पार्टीहरु आफूलाई बदल्दै नयाँ स्वरुपका आइरहने बताए । ‘पुराना दलहरु सकिदैछन् । पुराना दलहरुको स्थान नयाँ पार्टीले लिदैछन् भन्ने भाष्यहरु निर्माण हुँदैछ । पुराना दलले के गरे किन हामी भन्दै कविन्द्र जिहरु लाग्दै हुनुन्छ । राजनीतिक दलहरु कहिले पनि पाको हुँदैन । राजनीतिक दलको बुढो हुदैन । बदलिदै जान्छ पर्नगठित हुँदै जान्छ । जून पूर्न गठित हुँदैन बुढो हुन्छ र मृत्यु हुन्छ,’ उनले भने । 


यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले हाल नेपाली समाज पूँजीवादी सिद्धान्त भन्दा पूँजीपति सिद्धान्त अनुसार अगाडि बढिरहेको बताए । 


उनले भने, ‘समाज पूँजीवादी सिद्धान्त भन्दा पनि पूँजीपति सिद्धान्त अनुसार समाज अगाडि बढेको देखिन्छ । आफ्नो परिवार आफ्ना नजिकका मान्छेहरुलाई अलि बढि संलग्न गराउने व्यवस्थामा नै प्रहार भईसकेको जस्तो मलाई लाग्दैन ।’


उनले सोम प्रसाद मिश्रद्वारा लिखित पुस्तकले अवको राजनीतिकका लागि नविन धारणा प्रस्तुत गर्न केही मार्गहरु खोलेको पनि बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार